काठमाडौंको उपप्रमुखमा एमालेकी डंगोलको समाजवादीभन्दा तीन गुणा बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८८४ मत प्राप्त गरेकी छन् । यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएकोेभन्दा तीन गुणाभन्दा बढी हो ।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए ।

यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले ६७० मत प्राप्त गरेकी छन् ।


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media