बुनपा-६ मा तोडियो कांग्रेसको गढ, वडाध्यक्षमा एमालेका रवि खड्का विजयी

काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनाको नतिजाअनुसार बुढानीलकण्ठ नगरपालिका वडा नं  ६ को अध्यक्षमा नेकपा एमालेका रवी खड्काले विजय प्राप्त गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका वडा नं ६ लाई काङ्ग्रेसको गढ मानिन्थ्यो । अन्तिम मत परिणाम अनुसार उनका निकटतम प्रतिद्वन्दी नेकपा नेपाली काङ्ग्रेसका  प्रह्लाद खडकाले ६९६ मत प्राप्त गरेका छन् भने ७२६ मत प्राप्त गर्दै खड्का वडा अध्यक्ष पदमा विजयी बनेका हुन् ।

त्यसैगरी वडा नं  ६ का  स्वतन्त्र उम्मेदवार गोपी कृष्ण महर्जनले १८६ र अमृत केसीले ४३ मत प्राप्त गरेका छन् । यस वडामा महिला सदस्यमा एमालेले जितेको छ भने दलित महिला, खुल्ला सदस्य १ र खुल्ला सदस्य २ मा नेपाली कांग्रेसले जित हात पारेको छ ।

वडा नं ६ अन्तिम मतपरिणाम

 


Published :२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media