बुनपाको मेयर-उपमेयरमा कांग्रेसको अग्रता कायमै

काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ । बुढानीलकण्ठमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भई नतिजा समेत सार्वजनिक भइसकेको छ ।

६ वटा वडाको मतपरिणाम सार्वजनिक भएसँगै यस नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । जसअनुसार नेपाली कांग्रेसले मेयरमा ४०११ मत पाएको छ भने नेकपा एमालेले ३९५६ मत प्राप्त गरेको छ । त्यस्तैगरी उपमेयरमा कांग्रेसले ४४५६ मतले लिडिङ गरेको छ भने ४४२० मतका साथ एमालेले पछ्याइरहेको छ ।

यस नगरपालिकाको ६ वटा वडाको हालसम्म ११६९५ मतगणना सम्पन्न भइसकेको छ ।

हालसम्म मेयर-उपमेयरको नतिजा यस्तो छः 

 


Published :२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media