बूढानीलकण्ठ ७ मा एमालेको प्यानल नै निर्वाचित

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०७९

बूढानीलकण्ठ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ०७ मा नेकपा एमालेका बस नारायण महर्जन सहितको प्यानल निर्वाचित भएको छ ।

नेकपा एमाले उम्मेदवार महर्जनको प्यानलले नेपाली कांग्रेसलाई फराकिलो मत अंतरले पराजित गरेको हो । विजेता बस नारायण महर्जनले १०१५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामराजा महर्जनले जम्मा ४८४ मत प्राप्त गरेका छन्।

बस नारायण महर्जन सहित महिला वडा सदस्यमा राममाया महर्जन, दलित महिला सदस्यमा अनिता मिजार, खुल्ला सदस्य १ मा झपट ब. कार्की र खुल्ला सदस्य २ मा सावित्री ढकाल निर्वाचित भएका हुन् ।


Published :जेष्ठ २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media