बैतडीको पाटन नगरपालिकामा गठबन्धन र डिलाशैनीमा स्वतन्त्र विजयी

बैतडी । बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएका छन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् ।
पाटनमा कांग्रेस, माओवादी, नेकपा (एस) को गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । उपमेयर र वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएका छन् ।
त्यस्तै, डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् । उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । युवा संघका तात्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए ।
अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजयी हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएका छन् ।
उपाध्यक्षमा बोहराले ३ हजार ८७३ मत ल्याउँदा एमाले उम्मेदवार लिलावती जोशीले २ हजार ७७९ मत ल्याएका छन् ।
यस्तै वडा न ७ मा समेत स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानलसहित विजयी भएका छन् । योसंगै वडा न ५,६ र ७मा स्वतन्त्र उम्मेदवारहरु प्यानलसहित विजयी भएका छन् । वडा न ४ मा स्वतन्त्र उम्मेदवार हरि पन्त, वडा न ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भइसकेका थिए ।
डिलाशैनीको वडा न १ र ६ मा कांग्रेस, २ र ३ मा एमालेले जित हात पारेका छन् ।


Published :३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media