हेर्नुहोस् तपाईको आजको राशिफल

काठमाडौँ । आजको पात्रोः आज ७ जेठ २०७९, शनिबार । तद्नुसार मे महिनाको २१ तारिख २०२२ । जेष्ठ कृष्णपक्ष षष्ठी, वणिज करण, श्रवण नक्षत्र, शुक्ल योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः१३ मा भयो भने सूर्यास्त ६ः४८ मा हुनेछ । आज बिहान १०ः१९ देखि १२ः०१ सम्म राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्नुहुँदैन । शनिबारको दिन शनिदेवको उपासना र नजिकको पिपलको वृक्षमा जल अभिषेक गर्दा मनमा शान्ति हुनेछ । शनि संकटाको लागि शनिबारको दिन बिहान संकटाको मन्दिरको परिक्रमा, दर्शन गरेमात्र शनिदोष कम हुनेछ । आजको देवता पावती र ग्रहदेव चन्द्र रहेको छ ।

आजको राशिफलः

मेषः आज व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारका सदस्यबाट साथ सहयोग  पाउने संभावना रहेको छ । तपाईको कार्य योजना सफलताका लागि आफन्तजनको सहयोगबाट शुभ कार्य हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले कन्यालाई दक्षिणा दिएर निस्कँदा राम्रो हुनेछ । पूर्व दिशा तर्फ यात्रा नगर्नु होला ।

वृषः वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा पुग्ने छ । तपाई सकारात्मक भएर आफ्नो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्नेछ ।

मिथुनः परिवार र आफन्तजनहरुले तपाईमाथि स्नेह गर्नेछन् । चन्द्रमाको साथ रहेको छ, आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । तपाईको शुभ दिन रहेको छ । आज एकादशी समेत भएकाले व्रत बस्नुभयो भने मनमा प्रसन्नता छाउने छ । सामाजिक सेवाको काम गर्दा तपाईको लागि मानसम्मान समेत मिल्नेछ ।

कर्कटः पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । शनिवारको दिन कर्कट राशिमा जातकले गृहस्थ कर्ममा समय दिनु उत्तम हुनेछ ।

सिंहः आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउनेछ । परिवारको साथ सहयोगले तपाईको मनमा प्रशसन्नता छाउने छ । आजको दिन व्रत र मौन रहनु निकै लाभदायक हुनेछ ।

कन्याः मनमा रहेको चिन्ता हट्दै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । आज जेष्ठ सदस्यबाट आशीर्वाद प्राप्त गर्नु उत्तम हुनेछ ।

तुलाः आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला ।

वृश्चिकः यात्राको अवसर आए पनि यात्रा गर्दा सोचविचार राख्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एकपटक सोचविचार गर्नुहोला । सकारात्मक सोच र नियमित काममा समय खर्चनुहोला । मौन रहनु उत्तम हुनेछ ।

धनुः आजको दिन आकस्मिक धनलाभ हुनेछ । आजको दिन तपाईले सोचेअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

मकरः आजको दिन अध्यात्म साधना र आराधनाले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी गर्नुहोला ।  विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भः सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई  खानेकुरा र बस्त्र दान दिनुभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ ।

मीनः विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । कार्यको समीक्षा र आगामी हप्ताको कार्ययोजना बनाउनु होला । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनुभयो भने उत्तम हुनेछ । तपाईका लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको र गुरुजनको आशीर्वादका लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सिर्जनात्मक कार्यसूची बनाउनु उत्तम हुनेछ ।


Published :७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media