बुनपा-१३ का नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठद्वारा घर-घर पुगेर वृद्धभत्ता वितरण

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का नवनिर्वाचित वडाध्यक्ष टिकेशनारायण श्रेष्ठले घर-घर पुगेर वृद्धभत्ता वितरण गरेका छन् ।

उनले जेष्ठ नागरिकहरु मन्दिरका भगवान् भएकाले मन्दिरका भगवानहरु अरुकोमा नजाने भएकाले आफूहरु नै जाने विचार व्यक्त गरेका छन् । उनले भने- ‘ज्येष्ठ नागरिक भनेका मन्दिरका भगवान् हुनुहुन्छ, त्यसैले उहाँहरु आउने होइन हामीहरु आफैँ मन्दिरमा जानुपर्छ ।’ त्यसैले समाजका भगवानका स्वरुप ज्येष्ठ नागरिकलाई घर-घरमै पुगेर भत्ता वितरण गर्न सुरु गरिएको बताए । वडाध्यक्षको पदभार ग्रहण गरेसँगै उनले घर-घरमा वृद्धभत्ता पु-याउने बाचा गर्दै घर-घर गएर भत्ता बितरण सुरु गरेका हु्न् । उनकाे यस कार्यको प्रश‌ंसा वडाभित्रका ज्येष्ठ नागरिकले गरेका छन् ।

उनले वडाध्यक्षमा निर्वाचित भएको भोलिपल्टदेखि नै बुढानीलकण्ठ वडा नं १३ भित्रका विद्यमान समस्यालाई गहिरो ढंगले अध्ययन गर्न थालिसकेका छन् ।

नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठको अनुकरणीय कार्यको अनुशरण मुलुकभरका नवनिर्वाचित जनप्रतिनिधहरुले गर्ने हो भने समाज समृद्धिको बाटोमा जानेमा कसैको दुईमत छैन ।


Published :७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media