मकवानपुरमा गाडी दुर्घटना, चारको मृत्यु, चारजना घाइते

हेटौंडा । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको गाडी दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन । हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना४च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किँएको थियो ।


Published :७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media