काठमाडौँमा बालेनलाई फराकिलो अग्रता, दोस्रो सिर्जना तथा तेस्रोमा केशव

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले १७ हजारभन्दा बढी मतको अग्रता लिएका छन् । उनले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका हुन् ।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत प्राप्त गरेका छन् । सिर्जना केशवभन्दा ८८५ मतान्तरले अगाडि रहेकी छिन् । सिर्जनालाई बालेनले १७ हजार ९०६ मत अन्तरले पछि पारेका छन् । केशवभन्दा बालेन १८ हजार ७९१ मत अन्तरले अगाडि छन् । अब गन्न बाँकी मत ६२ हजार ४९९ छ । स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

 

 


Published :९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media