अपांगताको क्षेत्रमा काम गर्न बाल अपाङ्ग टेवा संस्थाको जनप्रतिनिधिहरुलाई अनुरोध

काठमाडौं ।
लामो समय देखि अपांगताको क्षेत्रमा काम गरिरहेको बाल अपाङ्ग टेवा संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अपाङ्गता क्षेत्रमा आफ्नो पालिकामा काम गर्न आग्रह गरेको छ। अपाङ्गता भएको व्याक्तिको शैक्षिक अधिकारलाई ध्यानमा राखी कम्तीमा पनि एउटा पालिकामा समाबेसी शिक्षाको अवधारणा सँग सम्बन्धित एउटा भवन निर्माण गर्न माग गर्दै संस्थाका अध्यक्ष डेण्डि शेर्पाले सबै जनप्रतिनिधिलाइ यस्तो अपिल गरेका छन्।

अपिल
नमस्कार,
देशभरिका सबै निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक अनुरोध,
तपाई हामी सबै २१ औ शताब्दीको अन्तिममा आइपुग्दा तपाईहरु सबै नवनिर्वाचित प्रतिनिधिहरुलाई यस बाल अपाङ्ग टेवा संस्थाद्वारा हजुरहरुको ५ वर्षको कार्यकालमा अपांगताको क्षेत्रमा पनि दिगो विकास तिर विशेष ध्यान पुर्याई दिनुहोला।

अपांगता भएको व्यक्तिहरुको अधिकार प्रबर्दनका लागि पहुच एक प्रमुख कारक हो। पहुचले उनीहरुको सामान्य गतिसिलता, सक्रिय जीवन, सार्बजनिक सहभागिता र स्वतन्त्र जीवनलाई बृद्दी गराउछ। अपांगता भएको व्यक्तिहरुलाई स्वतन्त्र रुपमा बाच्न र जीवनका सबै पक्षहरुमा पूर्ण रुपमा सहभागी हुन सक्षम बनाउन राष्ट्रले अपांगता भएका व्यक्तिहरुलाई पनि अन्य संग समान आधारमा भौतिक वातावरण, यातायात, सूचना र पहुच सुनिश्चित गर्न उपयुक्त उपायहरु र संरचनाको निकै आवश्यक छ।

पहुच योग्य पूर्वाधार गतिसिलताको लागि प्रमुख बाधा बनेको छ। अपांगता भएको व्यक्तिहरुले अन्य नागरिकहरु जस्तै विद्यालय, अस्पताल, बजार,कार्यस्थल र मनोरन्जन केन्द्रहरु जस्ता सार्वजनिक सुविधाहरुमा पहुच हुन आवश्यक छ।

अपाङ्ग भएको व्यक्तिको शैक्षिक अधिकारलाई ध्यानमा राखी कम्तीमा पनि एउटा नगरपालिका वा गाउपलिकामा समाबेसी शिक्षाको अवधारणा सँग सम्बन्धित एउटा भवन निर्माण होस्।

नेपालमा अपाङ्ग सम्बन्धि नीति र कानुनहरु भएता पनि राम्रो सँग कार्यान्बयन हुन सकेको छैन। कानुन र नीतिहरुको कार्यान्बयन लागि जिम्मेवार सार्वजनिक सेवकहरुलाई जनचेतना र तालिम दिने काम स्थानीय सरकारहरुले पनि गर्नुपर्छ।

माथि उल्लेख गरेको कुराहरुलाई र विभिन्न प्रकारको अपांगता मैत्री समाज बनाउनको लागि तपाईहरु नव निर्वाचित जनप्रतिनिधिहरुको सवै किसिमका शारीरिक समस्या भएका व्यत्तिहरुको निम्ति समान पहुच अनिवार्य हुने हुदा जति पनि भौतिक संरचना निर्माण हुन्छन , यो सरकारको निगरानिमा निर्माण हुने हुदा स्थानीय प्रदेश केन्द्रिय सरकारको महत्वपूर्ण भुमिका रहन्छ। आफ्नो कार्यकाल सवै बर्ग समुदायको निम्ति गौरवपुर्ण बनाउन सवैको ध्यानाकर्षण गर्दछौ।


Published :९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media