बूढानीलकण्ठमा नगरप्रमुख र उप-प्रमुखलाई कर्मचारीहरुबाट स्वागत

राष्ट्रपाटी न्युज

१० जेष्ठ २०७९

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाका कर्मचारीहरुले नवनिर्वाचित नगर प्रमुख र उप-प्रमुखलाई स्वागत गरेका छन् ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामालाई नगर कार्यपालिकाको कार्यालयमा एक विशेष भेला आयोजना गरि स्वागत गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, प्रशासकिय अधिकृत केदार खड्का लगायत सम्पुर्ण महाशाखा तथा शाखा प्रमुखहरुले फुलमाला र खादा सहित उनीहरुलाई स्वागत गरेका हुन् ।

उक्त बिशेष कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिकाको सुशासन कायम राख्न प्रशासनिक सकृयता निकै महत्वपुर्ण रहेकोले यसको प्रभावकारीतालाई निरन्तरता दिन सबै तहबाट सहयोग र सहकार्य गर्दै लैजानेमा जोड दिएका थिए ।

उनले नगरपालिकामा कार्यरत सबै क्षेत्रका कर्मचारीहरुको कार्य सम्पादनलाई उच्च मुल्याङ्कन गरी उत्कृष्टलाई पुरस्कृत गर्ने र नराम्रोलाई कार्बाहि गर्ने समेत बताए ।

नगर उप-प्रमुख अनिता लामाले आफु जनप्रतिनिधि भएर प्रवेश गरिरहदाँ नगरवासिहरुको काम र समस्यालाई सहज बनाउनुनै आफ्नो कर्म र धर्म दुवै भएको बताएकि थीइन । नगरको प्रशासनिक कार्य सम्पादनमा कुनै किसिमको दबाव र प्रभावमा नभई आफ्नो विवेक प्रयोग गरि काम गर्न सबैलाई अनुरोध गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले नगरको प्रशासनिक कार्यहरुमा भएका उपलब्धि विवरण प्रस्तुत गर्दै सुशासन उन्मुख प्रशासनिक सेवा प्रदान गर्नको लागि आफ्नो टिम निरन्तर लागि परिरहेको बताए । “जनप्रतिनिधिहरुको निति, ऐन र योजनाहरु निर्माण तथा सम्पादन गर्न प्रशासनिक टिम सधै तयार रहने छ” उनले भने ।

सोहि कार्यक्रममा नगरपालिका अन्तर्गतका सबै महाशाखा र शाखा प्रमुखहरुले आफ्नो कार्य क्षेत्रमा भईसकेका र भईरहेका उपलब्धिहरु विवरण सहित प्रस्तुत गरेका थिए ।


Published :१० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media