आफ्नै पार्टी संलग्न सरकारको राजिनामा मागे धुर्व राज न्यौपानेले

राष्ट्रपाटी न्युज

११ जेष्ठ २०७९

काठमाडौं । नेकपा एकीकृत समाजबादिका काठमाडौं जिल्ला उपसचिव एबम क्षेत्र नम्बर ४ का संयोजक धुर्व राज न्यौपानेले आफ्नै पार्टी संलग्न सरकारको राजिनामा मागेका छन्।स्थानीय तह निर्वाचनमा देशव्यापी रुपमा ५ दलीय गठबन्धन गरेर एकीकृत समाजबादि सरकारमा समेत संलग्न भएको अबस्थामा उनको यो भनाइ बाहिर आएको हो। आगामि संघीय तथा प्रदेश निर्वाचनमा समेत अझ प्रभावकारी ढंगले गठबन्धन अगाडी बढाउने बिषय चर्चामा आइरहेको बेला उनको यो भनाइले काठमाडौं जिल्लाका गठबन्धन सम्बद्व दलमा झस्का पसेको हो।

आफ्नो सामाजिक संजाल फेसबुक मार्फत विचार राख्दै न्यौपानेले लेखेका छन्।
“सरकारले महंगि नियन्त्रण गरेर नागरिक लाई राहत दिन नसक्ने हो भने राजिनामा दिदा राम्रो ।”

उनको यो आक्रामक अभिव्यक्ति पछि उनको पार्टी नेकपा एकीकृत समाजबादिले कस्तो एक्सन लिने हो त्यो त हेर्न बाँकी नै छ।


Published :११ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media