सरकारको नीति तथा कार्यक्रममाथि केपी ओलीको टिप्पणीः चास्नीमा नडुबाएको जेरी जस्तो

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०७९

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेल मात्र तारेको जस्तो रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो रहेको टिप्पणी गरेका हुन् ।
‘नीति तथा कार्यक्रम वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु, चास्नीमा नडुबाएको तेलमात्र तारेको जेरी जस्तो, खल्लो, झुल्टिएको, चास्नीमा हाल्न नभ्याएको, अर्थ ननिस्कने छ,’ उनले भने, प्रस्थान विन्दु के हो रु आदि के हो, मध्य के हो रु थाहा छैन ।’
सरकार नै जेरी जस्तो रहेको भन्दै उनले भने, ‘सरकारकै नीति छैन । जेरीजस्तो गुजुल्टिएको, गन्तव्य नभएको । कुनै नीति छैन कहाँ पुग्ने ।’ सरकारको नीति गन्तव्य नभएको उनको आरोप छ ।


Published :१२ जेष्ठ २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media