बूढानीलकण्ठ कृषि शाखाले कागती, मुन्तला र ड्रागन फ्रुटको विरुवा वितरण गर्दै

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०७९

बूढानीलकण्ठ।
बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व. ०७८ / ७९ को आन्तरिक स्वीकृत कार्यक्रम अनुसार कृषकहरुका लागी ७५ प्रतिशत अनुदानमा कलमी कागती विरुवा / मुन्तला कलमी विरुवा र ड्रागन फुटको विरुवा वितरण कार्यक्रम सञ्चालन हुन लागेको छ ।

विरुवा वितरण ज्येष्ठ २२ गते बाट हुने शाखाले जनाएको छ ।कार्यक्रममा सहभागि भई विरुवा लिनका लागि ज्येष्ठ २० गते भित्र आवश्यक कागजात सहित आवेदन पेश गर्नुहुन कृषि विकास शाखाले अनुरोध गरेको छ ।

आवश्यक कागजातहरु :

१. निवेदकको नागरिकताको प्रतिलिपि ।

२. १ रोपनी भन्दा वढी क्षेत्रमा फलफुल खेती गर्न इच्छुक कृषकले सम्बन्धीत बडाको सिफारिस र फलफूल खेती गर्ने क्षेत्रको लालपूर्जाको प्रतिलिपि वा जग्गा भाडामा भएमा सम्झौताको प्रतिलिपि ।


Published :१२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media