फोहोरको दीर्घकालीन समाधान नभई जितको उत्सव नमनाउने बालेनको घोषणा

राष्ट्रपाटी न्युज

१४ जेष्ठ २०७९

काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् । साहले औपचारिक विजयी घोषणा भएलगत्तै सक्रियता देखाएका छन् ।

शुक्रबार धन्यवाद सभा सकेर ल्यान्डफिल्ड अवलोकन गरेपछि उनले महानगरमा फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।

‘फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव मनाउँदिनँ । खादा र माला पनि लाउने छैन,’ उनले भने, ‘यो समस्या समाधान नभएसम्म अन्तर्वार्ता समेत दिने छैन ।’ बालेन शुक्रबार बिहानमात्र स्वतन्त्रतर्फबाट पहिलोपटक काठमाडौं महानगरको मेयरमा विजयी भएका हुन् ।


Published :१४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media