आइजिपी बढुवाविरूद्धको सुनुवाइ आजदेखि गर्दै सर्वोच्च

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७९

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको सुनुवाइ आजदेखि हुने भएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


Published :१७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media