भद्रपुर उडेको बुद्धको जहाज आकाशबाटै काठमाडौँ विमानस्थल फिर्ता

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०७९

काठमाडौँ । काठमाडौँबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौँ विमानस्थल फिर्ता भएको छ ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

काठमाडौँबाट ३० नटिकल माइल उडेको विमान काठमाडौँ फिर्ता हुँदा केही समय काठमाडौँ विमानस्थल बन्द गरिएको थियो । विमान सकुशल काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ । अब प्राविधिक जाँच गर्ने प्रवक्ता सिटौलाले जानकारी दिए ।


Published :१८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media