बालेनले भेटे प्रधानमन्त्री देउवालाई, कार्यकालभरि सहयोग गर्ने देउवाको आश्वासन

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

मेयर बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

सो भेटमा प्रधानमन्त्री देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन दिएका छन् । भेटमा देउवाले भने, ‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ ।’


Published :१८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media