मृतकका परिवारले बुझे विमान दुर्घटनाका शव

राष्ट्रपाटी न्युज

जेष्ठ १९, २०७९

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारले बुझेका छन् । परिवारले बुझ्नुअघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुईजना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत् काठमाडौँ ल्याइएको थियो ।


Published :जेष्ठ १९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media