नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। सेयर कारोबार साताको पहिलो दिन सोमबारदेखि निरन्तर वृद्धि भएको नेप्से  परिसूचकले यसदिन पनि वृद्धिको गतिलाई निरन्तरता दिएको छ।

नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेको थियो।

नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड ३७ लाख  ६९ हजार १०० कित्ता सेयर ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ रुपैयाँमा खरिदबिक्री भए।  बिहीबार  ४ अर्ब ६९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये १५२ वटा स्टक्सको मूल्य बढ्दा १०९ वटाको घट्यो। १५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। एभरेष्ट कलर  लिमिलेडको सेयर १४.९९ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १४.४६ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो।  एनआएरन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २७ करोडको कारोबार गर्दा कुमारी बैंकले २५ करोड,आँखु खोला जलविद्युतले १९ करोड र कर्पोरेट डेभलपमेन्ट बैंकले १७ करोड मूल्य बराबरको कारोबार गरे।

दुई समूहको उपसूचकबाहेक बाँकी अरू समूहको उपसूचक नकारात्मक देखिए। इन्भेष्टमेन्ट र माइक्रोफाइनान्स समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिका हुन्।


Published :साउन ८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media