पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोड‍ौँः भीम रावल

राष्ट्रपाटी न्युज

२० जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोडेर अन्य देशबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रावलले यस्तो बताएका हुन् ।

नेता रावले भने, ‘पञ्चायत कालमा पनि खुला बजारबाट बाहिरी देशबाट कच्चा तेल ल्याएर, भारतमा प्रशोधन गरेर नेपालमा सहउत्पादन गरी उपयोग गर्ने गरिएको थियो । उनले भने, ‘तत्कालै खुला बजारबाट कहाँ सस्तो पाइन्छ तेल, त्यो ल्याउनका लागि एउटा देशमाथि निर्भरता होइन, त्यतातर्फ सरकारले तुरुन्तै पाइला चालोस् ।

उनले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको कार्य अघि बढाउनुपर्ने भन्दै अनावश्यक बाह्य मूल्यको चाप नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कानुनअनुसार सिमानाको नियमन गर्नुपर्नेमा जोड दिए ।


Published :२० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media