अदालतको निर्णय कार्यान्वयनको माग गर्दै निजगढवासीद्वारा माइतीघरमा प्रदर्शन

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

काठमाडौं । बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो ।

प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म -यालीसहितको प्रर्दशन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेका हुन् ।

विना विकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण र्‍यालीसहितको प्रदर्शन गरिएको प्रदर्शनकारीले बताए  । उनीहरुले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरुलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media