राष्ट्रपति भण्डारीद्वारा मछिन्द्रनाथको भोटो अवलोकन (फोटो फिचर)

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मछिन्द्रनाथको भोटो अवलोकन गर्नुभएको छ । आज ललितपुरको जावलाखेलमा आयोजित भोटो देखाउने विशेष समारोहमा सहभागी हुँदै राष्ट्रपति भण्डारीले रातो मछिन्द्रनाथको भोटो देखाउने परम्पराको अवलोकन गर्नुभयो ।

लिच्छविकालीन राजा नरेन्द्र देवको पालादेखि राजा (राष्ट्राध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा रहँदै आएको छ । सोही  परम्परा अनुसार भोटोजात्राको अघिल्लो दिन रथ वरपर भूत पिचास पन्छाएको रथवाट भोटो देखाउने परम्परा छ ।

यो जात्रा ललितपुर बुङमतीस्थित जावलाखेलमा देखाइन्छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ । यसका लागि पाटनको जावलाखेलबाट रथ तानी वुङमतीको जावलाखेलमा ल्याइन्छ । यसअघि रथलाई पाटन शहरमा ल्याएर जात्रा गरेपछि पुनः बुङमतीमा जात्रा गरेपछि सम्पन्न गर्ने प्रचलन छ । मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले ‘यो भोटो कसको हो’ भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ । परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ । आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले व्यापक खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ । ती कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुग्दा दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोका रूपमा उक्त भोटो राखिएको बताइन्छ ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media