भारतमाा ४२७० जना थपिए कोरोना सङ्क्रमित

राष्ट्रपाटी न्युज

२२ जेष्ठ २०७९

नयाँदिल्ली । भारतमा शनिबार मध्य राति अर्थात् २४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको थियो । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । गत शुक्रबार चार हजार ४१ जनामा कोरोना सङ्क्रमण भएको थियो ।

त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २४ हजार ५२ रहेका छन् । यो भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको १.०३ प्रतिशत भएको जनाइएको छ ।

शनिबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा दुई हजार ६१९ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २८ हजार ९३ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७३ प्रतिशत रहेको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड २६ लाखको परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५३ लाख ५८ हजार ८६५ हजार खोप लगाइएको छ । (रासस/एएनआई)


Published :२२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media