
काठमाडाैं । अमेरिकी सेनाले दक्षिणीदक्षिणी इरानमा पुनः सैन्य कारबाही थालेको जनाएको छ । अमेरिकी सेनाका अनुसार इरानका क्षेप्यास्त्र भण्डारण स्थल र समुद्रमा बारुदी सुरुङ बिछ्याउने तयारीमा रहेका जहाजलाई लक्षित गर्दै आक्रमण गरिएको हो ।
अमेरिकी केन्द्रीय कमान्डले जारी गरेको विज्ञप्तिमा यो कदम आत्मरक्षाका लागि चालिएको उल्लेख गर्दै इरानी सैन्य गतिविधिबाट आफ्ना सैनिकलाई सुरक्षित राख्न अभियान सञ्चालन गरिएको बताएको छ ।
केन्द्रीय कमान्डका प्रवक्ता टिम हकिन्सका अनुसार युद्धविराम कायम रहेकै अवस्थामा पनि अमेरिकी सेना सतर्क रहेको र आफ्ना फौजको सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।
यता इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा केही सकारात्मक संकेत देखिए पनि तत्काल द्वन्द्व अन्त्य हुने सम्भावना नरहेको बताउनुभएकाे छ । यस्तो अभिव्यक्तिकै बीच अमेरिकाले नयाँ आक्रमण अघि बढाएको हो ।