नेकपा एसद्वारा नयाँ मन्त्रीहरुको नाम सिफारिस

राष्ट्रपाटी न्युज

२२ जेष्ठ २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले अहिले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयसँगै नयाँ मन्त्रीहरुको नामावली पनि सिफारिस गरेको छ ।
शनिबार र आज बसेको सचिवालय बैठकले अहिले सरकारमा भएकाहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार पार्टीले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ । अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङ भने फूल मन्त्री बन्ने टुंगो लागेको छ ।

त्यस्तै, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्ने पनि निश्चित भएको छ । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् ।


Published :२२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media