नेकोस काठमाडौं मेट्रो चेस प्रतियोगिताको उपाधि पुरुषोतम सिलवाललाई

राष्ट्रपाटी न्युज

२२ जेष्ठ २०७९

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा आईतबार सम्पन्न नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधी काठमाडौंका पुरुषोत्तम सिलवालले जितेका छन्।

प्रतियोगितामा सहभागी ७१ जना प्रतिष्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हाँसिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अंक बनाउँदै ७ हजार रुपैँया नगद पुरस्कार प्राप्त गरे।

काठमाडौंका कुशल बेलबासे र तिलिङ्टार माविका पूर्णिमा गुरुङले समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हाँसिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार नगद प्राप्त गरे।

त्यसैगरी बर्दियाका निशान्त श्रेष्ठ ५ दशमलव ५ अंकका साथ चौथो स्थानमा रहँदै ३ हजार नगद हाँसिल गरे भने ७ खेलबाट ५ अंक बनाएका कपिल घिमिरे पाँचाै हुँदै नगद २ हजार प्राप्तगर्न सफल भए।

काठमाडौंकी मार्शल तामाङ ७ खेलबाट ५ अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भईन। त्यसैगरी झापाकी पुनम प्रसाईं ४ अंकका साथ दोश्रो, युनिशा सुवेदी तेश्रो, सिवानी रिजाल चौथो तथा सबनम रिजाल पाँचौ स्थानमा रहन सफल भए।

समान ५ अंक बनाएका अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेर समूहमा क्रमशः पहिलो तथा दोश्रो स्थानमा रहन सफल भए। त्यस्तै समान ४ दशमलव अंक जोडेका आश्चर्य चौधरी तथा सागर सुप्रभ श्रेष्ठ तेश्रो तथा चौथो स्थानमा रहे भने आलोक चौधरी ४ अंकका साथ पाँचौ भए।

१० वर्ष सम्मको उमेर समूहमा लक्ष्य मोर ४ अंकका साथ पहिलो हुन सफल भए। त्यस्तै अग्रिम तामाङ, असिम महर्जन, ग्रिस्मन अधिकारी तथा तयाहाङ राई क्रमशः दोश्रो, तेश्रो, चौथो तथा पाँचौ हुन सफल भए।

प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल खेलकुद महासंघका स्कूल विभाग प्रमुख प्रभातविक्रम कटवाल, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसी, नेपाल बुद्धिचाल संघका सदस्य तथा अन्तर्राष्ट्रिय आर्विटर उमेश केसी, ईन्टरनेशनल मोटिभेसनल स्पीकर भुवन राज चतौट, नेकोसका केन्द्रिय सदस्य नवराज खरेल, प्रमुख आर्विटर उत्तम ढुंगेल, कार्यक्रम संयोजक मिसन बास्कोटा, साउथ वेस्टर्न स्टेट कलेजका प्रोग्राम कोर्डिनेटर राजेन्द्र प्रसाद लामिछाने, स्पोर्टस डिपार्टमेन्ट प्रमुख सुदर्शन जमकटेल लगायतले मेडल, सर्टिफिकेट तथा ट्रफी प्रदान गरे।

समापन समारोहलाई सम्बोधन गर्दै नेकोसका नेता कटवालले नेपाली खेलक्षेत्रको उठानका लागि नेपाल खेलकुद महासंघ सदैव तत्पर रहेको बताउँदै खेलक्षेत्रको विकासका लागि स्थानीय निकाय तथा शैक्षिक केन्द्रसँगको सहकार्यको जरुरी रहेको जानकारी गराए। त्यसैगरी साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीले खेलकुदलाई शिक्षासँग जोडेर लानका लागि अग्रसरता लिने बताए।


Published :२२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media