काठमाडौं । हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ, कतिपय क्षेत्रमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।
नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरुमा वर्षा भइरहेको छ ।
२०७९ जेठ २३ गते (सोमवार)
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन /चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७९ जेठ २४ गते (मंगलवार)
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूरण बदली रहि बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली तथा लुम्विनी प्रदेशका एक वा दूई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७९ जेठ २५ गते (बुधवार)
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूरण बदली रहि बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली तथा लुम्विनी प्रदेशका एक वा दूई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखााले सबैमा अनुरोध गरेको छ ।