टी–ट्वान्टी विश्वकपमा नेपालद्वारा भुटान चार विकेटले पराजित

राष्ट्रपाटी न्युज

२३ जेष्ठ २०७९

काठमाडौँ । आईसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत सोमबार भएको तेस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई चार विकेटले पराजित गरेको हो । भुटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३ दशमलव एक ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान दिइन् । त्यसैगरी साना प्रविणले १२ रन जोडिन भने सृष्टि जैसीले आठ। आश्मा पुलामी मगरले तीन, कप्तान कृतिका मरासिनीले दुई तथा एलिसाकुमारी यादवले अविजित दुई रन बनाइन् । बलिङमा भुटानकी सांगे वाङ्वोले तीन विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र साङ्गे वाङ्मोले समान ११ रन बनाइन् । त्यसैगरी पेमा याङ्चेनले नौ तथा छाडो ओमले ६ रन जोडिन् । बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले समान दुई/दुई विकेट लिए ।

यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्सँग (यूएई) सँग १० विकेटले पराजित भएको थियो । यूएईविरुद्धको खेलमा नेपाल आठ रनमा नै अलअउट भएको थियो । छनोट खेलमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । नेपालले भोलि थाइल्याण्डसँग खेल्नेछ ।


Published :२३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media