काठमाडौं । सरकारको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
मन्त्रिपरिषद्ले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले मुद्दा दिएका हुन् ।
उनीहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न गरी परमादेश जारी गर्न माग गरेका छन् ।
मन्त्रिपरिषद बैठकको २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालिएको छ ।