असार १ देखि हट्यो आइतबारको सार्वजनिक बिदा

राष्ट्रपाटी न्युज

२३ जेष्ठ २०७९

काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक बिदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको छ । अब असार १ देखि शनिबारमात्र सार्वजनिक बिदा हुने भएको छ ।

गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको थियो । तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको चौतर्फी  आलोचना हुँदै आएको थियो भने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट समेत हालिएको थियो ।


Published :२३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media