
काठमाडौं । कांग्रेस नेता एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का पक्राउ परेका छन् । आज बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खड्कालाई पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो । उनी जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको रकम र स्काउटको जग्गाको विवादमा मुछिएका थिए ।
जेननजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।