देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

२५ जेष्ठ २०७९

काठमाडौं । आज (बुधबार) काठमाडौं उपत्यकासहित देशका अधिका‌ंश भूभागमा बर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो ।

काठमाडौंमा आज दिनभर जसो वर्षाको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही समय पानी पर्ने र रोकिने छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ । महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा परेको छ ।


Published :२५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media