तेहरान । मध्य इरानमा बुधबार मशहद र याजद सहरहरूबीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तीमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ ।
घटनामा दशजनाको मृत्यु भएको छ र अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई उद्धृत गर्दै जनाएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिएका छन् ।
इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेको सरकारी सञ्चार माध्यमलाई बताएका छन् । ट्याकनजिकै रहेको “एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको उनले बताए ।
बुधबार बिहान ५ः३० बजे दुर्घटना भएको सो रेलका ११ वटा डिब्बामध्ये पाँचवटा ट्याकबाट बाहिरिएका आपतकालीन सेवाहरूबाट जानकारी प्राप्त भएको छ । सन् २०१६ मा उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका थिए । (रासस/एएफपी)