स्थानीयको ढुंगामुढापछि बञ्चरेडाँडाबाट फोहोरका गाडी काठमाडौँ फिर्ता

राष्ट्रपाटी न्युज

२५ जेष्ठ २०७९

काठमाडौं । काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीमाथि स्थानीयले ढुंगामुढा गरेका छन् । स्थानीयको ढुंगामुढापछि फोहोर नखसाली फोहोरका गाडी काठमाडौँ फिर्ता गरिएको छ ।

काठमाडौं महानगरपालिकाका ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठका अनुसार प्रहरीको उच्च सुरक्षाबीच लगिएको फोहोर बोकेको गाडी स्थानीयको ढुंगामुढापछि फिर्ता गरिएको हो । केही गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाले पनि स्थानीय वासिन्दाले गाडीमा ढुंगामुढा गर्न थालेपछि धेरैजसो गाडी फोहोरसहित फिर्ता गरिएको छ ।

स्थानीय वासिन्दाको ढुंगा मुढाबाट केही प्रहरी घाइते भएका छन् । प्रहरीले सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको श्रेष्ठले बताए । प्रहरीले तनाव भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायरसमेत गरेको स्‍थानीयले बताएका छन् ।


Published :२५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media