काठमाडौंलगायत देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

२६ जेष्ठ २०७९

काठमाडौं । बिहीबार बिहानैबाट काठमाडौं उपत्यकामा वर्षा भएको छ । यसअघि बुधबार दिउँसो पनि काठमाडौंमा क्षणिक भारी वर्षा भएको थियो ।

जसका कारण काठमाडौंका जमल, पुतलीसडक, ललितपुरको कुपण्डोल लगायतका क्षेत्र जलमग्न बनेका थिए ।

जल तथा मौसम विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ । त्यस्तै कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे विभागले जनाएको छ ।

मौसम विभागका अनुसार, हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।


Published :२६ जेष्ठ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media