नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०७९

मुग्लिन । वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।


Published :२८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media