लुम्बिनी प्रदेशकी राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न माग

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०७९

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका–५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् । वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शिर निहुराएको भन्दै लुम्बिनी प्रदेशसभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

विगतमा पनि वलीसँग जोडिएर पदीय मर्यादा बाहिरका विषयहरु आएको तर अहिलेको हर्कत आपत्तिजनक र निन्दनीय भएको ढकालले बताए । नेता ढकालले राज्यमन्त्री वलीलाई बर्खास्त नगरे प्रदेश सरकारको नालायक हुने बताए ।

एकराजको घरमा उनकी श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रण लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ ।


Published :३१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media