खेलकुद क्षेत्रलाई निराश पार्ने गरी बजेट आयो : नेकोस

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०७९

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सकारले खेलकुद क्षेत्रमा कम बजेट विनियोजन गरेको भन्दै नेकपा एमाले निकट खेलकुद महासंघ (नेकोस)ले आपत्ति जनाएको छ । मंगलबार नयाँ बानेश्वरस्थित नवनिर्मित कार्यालय भवनमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खेलकुद क्षेत्रलाई निराश पार्ने गरी बजेट ल्याएको जनाएको हो । महासंघका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)ले खेलकुद क्षेत्रमा कम बजेट विनियोजन भएकाले नवौँ राष्ट्रिय खेलकुद प्रभावित हुन सक्ने समेत आशंका व्यक्त गरेका छन् ।

नेपाल खेलकुद महासंघ (नेकोस) ले जेठ ३० गते सोमबारका दिन स्थायी कमिटीको पहिलो बैठक सम्पन्न गरेको थियो । उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरुलाई समेटेर प्रेस विज्ञप्ती जारि गरिएको छ।


Published :३१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media