भारतमा कोरोना संक्रमितको संख्या ८२ प्रतिशतले बढ्यो

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ ।

सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो ।

सङ्घीय राजधानीमा एकाएक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ ।

स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना सङ्क्रमित थपिएका छन् । जबकि अघिल्लो दिन ६१४ जना मात्रै सङ्क्रमित भएका थिए ।

पछिल्लो एक दिनमा ५०० सङ्क्रमित निको भएका छन् । भारतमा अहिले देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार ५४८ रहेका छन् । भारतमा अहिले फेरि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएको छ । (रासस)


Published :१ असार २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media