प्रदेश १ र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौँ । हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ ।

अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकाले बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।


Published :२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media