राजनीतिमा होमिए पत्रकार रवि लामिछाने

काठमाडौँ । पत्रकार रवि लामिछानेले पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो क्लिपमार्फत लामिछानेले आजदेखि नै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका हुन् । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे।अब म आफ्नो आवाजलाई त्ख् बाट संसदमा पुर्याउन चाहन्छु। म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो । आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु । बाँकी असार ७ गते राष्ट्रिय सभागृह मा भेटौं ।

उनले आफूले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पनि बताएका छन्। सोही अनुसार उनी बिहीबार नै कार्यरत टेलिभिजनबाट बाहिरिएका थिए ।


Published :२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media