बूढानीलकण्ठ–८ भंगालबाट १६ वर्षीय किशोरी बेपत्ता

काठमाडौं । काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका–८ भंगालबाट स्कूल हिँडेकी एक किशोरी बेपत्ता भएकी छन् । धुम्बाराहीस्थित दूर्गा भवानी हाइयर सेकन्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत नम्रता तामाङ बुधबार विहानदेखि बेपत्ता भएकी हुन् ।

नाताले भिनाजु पर्ने सन्देश श्रेष्ठका अनुसार बूढानीलकण्ठ नगरपालिका–८ बंगाल स्थायी घर भएकी १६ वर्षीया नम्रता स्कूल जान्छु भनेर बुधबार विहान ९ बजेतिर घरबाट निस्किएकी थिइन् । तर, नम्रता स्कूलबाट घर नै नफर्किएको ४८ घण्टा भइसकेको सन्देशले जानकारी गराए ।

सन्देशले भने, ‘बुधबार विहान स्कूल जान्छु भनेर घरबाट हिँडेकी नम्रता ४८ घण्टा भइसक्यो अहिलेसम्म घर आएकी छैनन् । स्कूललाई सम्पर्क गर्दा नम्रता स्कूल नै नगएको जानकारी गराएको छ ।’

नम्रताका फोन पनि स्वीच अफ रहेको र सामाजिक सञ्जालमा समेत एक्टिभ नभएको सन्देशले बताए । तर, नम्रताले आफ्नो साथीहरुसँगको ग्रुप म्यासेजमा भने धरान जान्छु भन्ने कुरा गरेको उनको भनाइ छ ।

नम्रता बेपत्ता भएकीबारे आज (विहीबार) विहान मात्रै महाराजगञ्जस्थित प्रहरीलाई जानकारी गराएको पनि सन्देशले जानकारी गराए । नम्रतालाई देख्नुहुने जो कसैले पनि नजिकैको प्रहरी र ९८६३६५२६०९ मा सिधा सम्पर्क गर्नका लागि सन्देशले आग्रह गरेका छन् ।


Published :२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media