बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा, स्विस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ २३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५  पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा तोकिएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७४ पैसा र बिक्रीदर २३ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा कायम गरेको छ ।

बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७२ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।


Published :भदौ ४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media