मनसुनी वायुको प्रभावले केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मंगलबार बिहान प्रदेश १ का केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा भने आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ।

नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ ।

अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घन्टामा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


Published :७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media