बलात्कारीलाई कडा सजाय दिने कानुन बनाउन सांसदहरुको माग

काठमाडौं । सांसदहरुले बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानुन कडा बनाउनुपर्ने माग गरेका छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा यौन हिंसा बिरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको बिधेयकमाथिको छलफलका क्रममा उनीहरुले बलात्कारका घटनाका दोषीलाई दिइने कानूनको स्वरुप परिर्वतन गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै उनीहरुले यौन हिंसाका घटनामा हदम्याद राख्न नहुने जिकिर पनि गरेका छन् । छलफलमा भाग दिदै कांग्रेस सांसद पुष्पा भुसालले बलात्कारका घटना हुनै नदिने गरि कडा कानून बनाउनुपर्ने बताएकी छिन् ।
त्यस्तै सांसद कांग्रेसकी सांसद डिला संग्रौला कुनै कुनै घटनाहरु तत्काल बाहिर आउन नसक्ने भन्दै जबरजस्ती करणीमा हदम्याद हटाउनुपर्ने बताएकी छिन् ।
छलफलमा भाग लिदै एमालेका सांसद झपट रावलले महिला मात्रै नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले यस बिषयलाई कानूनमा ध्यान दिनुपर्ने धारणा राखेका छन् । अव यौन व्यवसायको बिषयमा पनि छलफल चलाउनुपर्ने उनको भनाई छ । उनले जवरजस्ती करणी, यौन हिंसाका बारेमा व्याख्या गर्न आवश्यक रहेको तर्क पनि गरेका छन् ।
त्यस्तै समिति सदस्यहरुले बालिका तथा किशोरीमाथि हुने हिंसाका घटनाका मुद्दालाई छिनोफानो गर्र्ने गरि कानून निर्माण हुनुपर्ने धारणा राखेका छन् ।


Published :८ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media