काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सो समयमा कसैको पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १७७ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा रहेका छन् ।
यस्तै कोरोनाका १ जना विरामीको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०९ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३५६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।