बुनपाले अन्तर्राष्ट्रिय लागूऔषधविरुद्धको अभियानमा बृहत् कार्यक्रम आयोजना गर्ने

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले अन्तर्राष्ट्रिय लागूऔषधविरुद्धको अभियान बहत् कार्यक्रम आयोजना गरी मनाउन लागेको छ ।

प्रत्येक वर्ष जुन २६ (असार १२) मा मनाइने “लागूऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” का अवसरमा नगर युवा परिषद्ले “प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम” सञ्चालन गर्न लागेको हो ।

सो कार्यक्रम असार १२ गते बिहान ७ बजेबाट बहत् -यालीसहित सुरु भई वडा नं ७ गणेशचोकस्थित “पिकोलो इभेन्टस” मा भेला हुने आयोजकले जनाएको छ ।

सो -यालीपश्चात् विशेष वक्तामार्फत् अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । सो अन्तरक्रियात्मक कार्यक्रममा  नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामालगायत वडाध्यक्ष, सदस्य, युवा क्लब, विद्यार्थी समूह तथा समाजसेवीहरुको उपस्थिति रहने जनाइएको छ ।

कार्यक्रम बिहान ७ बजेबाट सुरु हुने भएकाले सम्पूर्ण युवा क्लव, समाजसेवी संस्थाहरु, विद्यालय तथा सम्बन्धित निकायहरुलाई उपस्थित भइदिनुहुन आयोजकले अनुरोध गरेको छ ।


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media