स्कुल फाउन्डेसनद्वारा बुनपामा तीनदिने “थिंक पोजिटिभ ग्लोबल क्याम्पेन” को सुरुवात (फोटो फिचर) 

काठमाडौँ । स्कुल फाउन्डेसनले बुढानीलकण्ठ नगरपालिकामा “थिंक पोजिटिभ ग्लोबल क्याम्पेन” को सुरुवात गरेको छ ।

फाउन्डेसनले असार १०, ११ र १२ गते बुढानीलकण्ठ नगरपालिकाका तीन स्थानमा सम्पन्न हुने सो अभियानमा विभिन्न विषयहरुमा प्रस्तुतीकरण गरिने जनाएको छ ।

स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रालिको प्रस्तुति रहेको  सो क्याम्पेन नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा असार १०, ११ र १२ गते बुढानीलकण्ठ नगरपालिकाभित्रका ३ स्थानमा सञ्चालन गर्ने सिलसिलामा पहिलो दिनको कार्यक्रम वडा नं १० मा सम्पन्न भयो । त्यसैगरी दोस्रो दिनको कार्यक्रम नगरप्रमुख तथा उपप्रमुखसहितको उपस्थितिमा आज सम्पन्न भएको छ ।

नेपाली समाजमा  रहेको  गरिबी, अशिक्षा, पछौटेपन, बसाइसराइ, बेरोजगारी, विदेश पलायत जस्ता समस्याहरुले युवाहरुमा नकारात्मक सोच, हीन भावना, देखासिकी, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु बढ्दै जाँदा  कुलतमा फस्ने घटनाहरु बढ्दै गएको अवस्थामा  ड्रग्स, एचआइभी प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा  स्कुल फाउण्डेशनले सोही विषयमा बनाएको चलचित्र  सिग्नेचर प्रदर्शन,  मनोपरामर्श, जनजागरण र उत्प्रेरणा जनचेतनामूलक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरु तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो अभियान र चलचित्रलाई यूएनएआइडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालयलगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटीले प्रशंसा सहित उत्प्रेरित गरेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयबाट अवार्ड अफ एक्सलेन्‍स प्राप्त गरेको ‘थिङ्क पोजेटिभ ग्लोबल क्याम्पेन’ यसअगाडि पनि देशका विभिन्न जिल्लाहरुमा सञ्चालन भइसकेको छ ।

 


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media