बूढानिलकण्ठले मनायो लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकाले ‘विश्व ड्रग डे’ एक कार्यक्रम आयोजना गरी मनाएको छ । प्रत्येक वर्ष जुन २६ (असार १२) मा मनाइने “लागूऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” का अवसरमा नगर युवा परिषद्ले “प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम” सञ्चालन गरि मनाएको हो ।

बिहान ७ बजेबाट बृहत् -यालीसहित सुरु भई वडा नं ७ गणेशचोकस्थित “पिकोलो इभेन्टस” मा भेला भै बिशेष कार्यक्रम संचालन गरिएको थियो। ।
नगरपालिका युवा परिषद्को आयोजनामा भएको ‘विश्व ड्रग डे’ अर्थात लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ मा नगरपालिकाका ३ मुख्य क्षेत्रबाट ‘ड्रग डे’ को नारा सहित र्यालि सञ्चालन गरीएको थियो ।

र्यालिमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, नगर वडा युवा परिषद् लगायत युवा समुहहरु समेत जोडिएका थिए । यस वर्ष यो दिवसको नारा ‘स्वास्थ्य र मानवीय संकटमा लागुऔषधको चुनौतीलाई सम्बोधन गर्ने’ रहेको छ । यसले विश्वले सामना गरिरहेको विभिन्न चुनौतिहरूलाई सम्बोधन गर्दछ र लागुऔषध दुरुपयोग रहित संसार बनाउन कदम चाल्ने प्रयास गर्दछ।

कपन ह्याण्डबल, बूढानीलकण्ठ मंदिर र गोल्फुटार बास्केटबल मैदान बाट ३ वटा समुहमा हिडेको र्यालि गणेशचोक स्थित पिकोलोको हलमा आयोजित लागु औषध विरुद्धको सचेतामुलक तथा अन्तरक्रियात्मक कार्यक्रममा भेला भएको थियो ।

उक्त कार्यक्रमलाई नगर युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराई, नगर उपप्रमुख अनिता लामाले सम्बोधन गरेका थिए भने लागुऔषध अभियानका विज्ञ अभियान्ता तथा परामर्शकर्ता अच्युत सिटौलाले लागु औषध नियन्त्रणमा स्थानीय सरकार मार्फत कार्यन्वयन गर्न सकिने प्रभावकारी नीति तथा कार्यक्रमबारे अन्तरक्रियात्मक प्रस्तुतिकरण पेश गरेका थिए ।

यस्तै कार्यक्रममा नगरपालिका वडा नं ०७ स्थित ट्रुनग्राम ईन्टरनेसनल स्कुलका विद्यार्थिहरुले सचेतामुलक नाटक प्रस्तुत गरेका थिए ।

साथै कार्यक्रममा नगर युवा परिषद्का सदस्य “प्रफेसर ट्रिक्स” का नामले चर्चित विशाल लिम्बुले लागु औषध विरुद्धको गित प्रस्तुत गरेका थिए ।

लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस लागुऔषध दुरुपयोग र अवैध लागूऔषध व्यापार विरुद्धको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय दिवस हो । यो सन १९८९ देखि हरेक वर्ष जुन २६ मा मनाइन्छ। जुन २६ लाई लिन जेक्सुले हुमेन, गुआंगडोङमा अफिमको व्यापार उन्मूलन (चीनमा पहिलो अफिम युद्ध अघि) गरेको सम्झनामा मनाईने गरिन्छ ।


Published :१२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media